सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित रहेको डोम समुदायको ३५ बर्षिय जितेन्द्र मरिकको मृत्यु भएको छ ।
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित रहेको डोम समुदायको ३५ बर्षिय जितेन्द्र मरिकको मृत्यु भएको छ ।
जोनडिस कमलपित रोगबाट बिगत ४ महिना देखि ग्रसित भएका थिए। उपचारका लागी लहान, बिराटनगर लगायतका ठुल-ठुलो अस्पतालमा भर्ना राखे पनि उपचार संभव नभए पछी २०७७ पौष १० गते राति आफनै घरमा मृत्यु भएको थियो।
मरिकको मृत्युपछि उनको छोरा र श्रीमति बिच्चलितमा परेका थिइन् । स्थानीय काङ्ग्रेस नेता महेश चौधरी र महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्यले बिचल्लीका कुरा सुन्दा हतपत श्रीमान र श्रीमती डोम समुदायको समस्या बुझ्न् बस्तीमा पुगेका थिए ।
मृतक जितेन्द्र मरिकको एक काखे छोरा र ३ छोरी छिन् । ऊनीहरु के खाने भने आमा आभा मरिकलाई चिन्ताको विषय बनेको छ । आफुलाई जग्गा जमिन नभए पछि श्रीमानले ज्याला मजदुरी गरेर घर परिवार चलाउथे तर अब श्रीमान गुमेपछि ४ छोरा छोरीलाई कसरी पाल्न पोषन गर्ने चिन्ता व्यक्त गरेकी छन्। मृतकको छोरालाई कक्षा १० सम्म निजी विद्यालयमा पढाउने जिम्मा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कार्माचार्यले लिएकी छन् ।
मृतकको सम्पुर्ण क्रिया खर्च र शुक्रबार २०० सय जनालाई भोज खुवाउने कार्यक्रम रहेको छ भोजको सम्पुर्ण खर्च नेता चौधरी र कर्माचार्यले बेहोर्ने प्रतिबधता जनाएकी छन् । मृतक परिवारलाई समाजिक रूपमा भोज गर्न मान्सिक दबाब दिएका छन् । यदि हामीले समाज लाई भोज कुवाएन भने हाम्रो समाजले आउने दिनमा हाम्रो छोरा, छोरीलाई भोज खान बाट बन्चित गर्ने मृतकको श्रीमती आभा मलिकले पत्रकार हरुलाई दुखेसो सुनाएका थिए । मृतकका श्रीमतीले चौधरी र कर्माचार्यलाई धन्यवाद दिएका थिए ।
तपाईको प्रतिक्रिया