गोरखा । गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा थालेको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर मंगलबार गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।
गोरखा दरबारको हनुमान भञ्ज्याङबाट आज यात्रा सुरु भएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताएका छन् । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् ।
नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज)का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती केसीले बताए ।
गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुादै काठमाडौं पुग्ने पनि उन्ले बताए ।
तपाईको प्रतिक्रिया