काठमाडौं। संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध नेपाली काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गर्दैछ ।
सरकारको यस कदमविरुद्ध काँग्रेसले देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको आयोजना गर्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।
तर, काँग्रेसभित्र आन्दोलनमा जाने र नजाने पक्षबीच मतभेद छ । काँग्रेस सभापति शेरबहादुर देउवा मध्यावधि चुनावको तयारीको पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाका लागि आन्दोलनमा जानुपर्ने पक्षमा छन् ।
तपाईको प्रतिक्रिया