काठमाडौँ । नेकपा विवादले प्रदेश सरकार संकटमा परेको छ ।
नेकपा भित्रको आन्तरिक विवाद विभाजनसम्मको अवस्थामा आइपुग्दा प्रतिनिधिसभा विघटन भएको छ भने नेकपा नेतृत्वका प्रदेश सरकार पनि संकटमा पर्न थालेका हुन् ।
नेकपाले नेतृत्व गरेका ६ प्रदेश सरकारमध्ये ४ सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका सरकारलाई संकट पैदा भएको छ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ ।
कर्णाली प्रदेश भने बहुमतमा हुनेछ । जसले प्रचण्ड–नेपालनिकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बहुमतमा रहेछन् । प्रदेशसभामा ४० मध्ये नेकपाका ३३ सांसद छन् । तीमध्ये प्रचण्ड–नेपाल पक्षका २१ र ओली पक्षका १२ सांसद छन् । ओली पक्षले उनीविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गरेको थियो।
नेकपामा अहिले समानान्तर गतिविधि अघि बढिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँगको भेटघाटसहित केन्द्रीय समितिको बैठक बोलाएकै दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पनि केन्द्रीय समितिको बैठक गर्यो ।
दुवैले मिलेर जाने बताएपनि गतिविधि दुई पार्टीका रुपमा अघि बढेको छ । ओली समूहले पार्टीको प्रवक्ता परिवर्तन गरेको छ । सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।
यता प्रचण्ड माधव समूहले भने केपी शर्मा ओलीलाई कारबाही गर्दै पार्टी अध्यक्ष नै माधवकुमार नेपाललाई तोकेको छ । यो समूहले आजै संसदीय दलको बैठक बोलाएर संसदीय दलको नेता चुन्ने तयारीसहित दिउँसो १ बजेलाई बैठक बोलाएको छ ।
तपाईको प्रतिक्रिया