कावासोती । नवलपरासीका १४ वटा बालुवा प्रशोधन उद्योग शिल गरिएको छ ।
आवश्यक रित पूरा नगरी सञ्चालन गरिएको बालुवा प्रशोधन उद्योग शिल गरिएको हो । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा संञ्चालित १२ वटा ,कावासोती नगरपालिकाको एउटा र हुप्सेकोट गाउँपालिकाको एउटा गरि १४ वटा बालुवा प्रशोधन उद्योग शिल गरिएको हो ।
कम्पनी रजिष्टारको कार्यालयमा मात्र दर्ता गरेको तर , साना तथा घरेलु उद्योगमा दर्ता नगरेको, स्थानीय पालिकाको इजाजत नलिएको पाईएपछि उद्योग शिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले बताए । जिल्ला प्रशाशन कार्यालयको रोहबरमा गरिएको अनुगमनका क्रममा ती उद्योगहरु शिल गरिएको हो ।
शिल भएका उद्योगहरुमा बिनयी त्रिवेणी गाउँपालिकामा रहेको ज्यामिरे बालुवा प्रसोधन प्रालि , महाविर बालुवा प्रसोधन उद्योग, एम के नेचुरल वासिङ्ग प्लान्ट, जय गुरु गणेश कन्ट्रक्सन वास प्लान्ट, नमोबुद्ध सप्लायर्स एण्ड स्यान्ट प्रोसेसिङ्ग प्रालि, विनयी सर्दी कन्ट्रक्सन एण्ड गिटी बालुवा प्रसोधन प्रालि, दृष्टि कन्ट्रक्सन एण्ड गिटी बालुवा प्रसोधन प्रालि, एस जी बालुवा प्रसोधन केन्द्र, सुन टाँडी बालुवा प्रसोधन केन्द्र, विन्धबासिनी बालुवा प्रसोधन तथा निर्माण प्रालि, भैरव बाबा प्रसोधन उद्योग प्रालि र विनयी बालुवा प्रसोधन रहेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया