काठमाडौं । नेपाल–भारत सीमानाका खुलाउन माग गर्दै धर्नासहितको आन्दोलन सुरु भएको छ ।
कोरोना महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमानाका खुलाउन माग गर्दै विभिन्न नाकामा धर्नासहितको आन्दोलन सुरु भएको हो । पर्साको नाका खुला गर्न माग राख्दै वीरगन्ज नाकामा नेपाल–भारत खुला सीमा संवाद समूहले शनिबार एक घन्टा धर्ना दिएका छन् ।
विगत आठ दिनदेखि नाकामा उनीहरूको धर्नाका कार्यक्रम भइरहेका छन् । विगत नौ महिनादेखि नेपाल–भारत सीमानाका बन्द छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि बन्द गरिएको नाका मंसिर मसान्तसम्म नखुल्ने भएको छ ।
भारतका तर्फबाट नाका खुला गरिए पनि नेपालतर्फ बन्द नै छ । आन्तरिक रूपमा लकडाउन खुले पनि सरकारले अन्तर्राष्ट्रिय सीमानाका मंसिर मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया