काठमाडौं । प्रेम कँडेललाई सचिवमा बढुवा गरिएको छ
सहसचिव कँडेललाई हिजो बसेको मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गरेको हो । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बुवा सिफारिस समितिले वरिष्ठ सचिवमध्येबाट कृष्णप्रसाद आचार्य, प्रेम नारायण कँडेल र निरु दाहाल पाण्डेका नाम बढुवाका लागि सिफारिस गरेको थियो ।
दुई नम्बरमा बढुवा सिफारिश भएका कँडेललाई सरकारले बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया