काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । महासङ्घको कार्यालय टेकुमा आयोजित समारोहमा अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ खुवाए ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । आजदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य पदाधिकारी एवं सदस्यलाई शपथ गराएका हुन् ।
तपाईको प्रतिक्रिया