काठमाडौं । सरकारले एकैचोटी तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ ।
आज मंसिर १५ गते सरकारले एकैचोेटी तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको छ ।
सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् ।
नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।
तपाईको प्रतिक्रिया