काठमाडौं । विमानस्थलमा ओर्लने बित्तिकै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली भाषमै सम्बोधन गरेका छन् ।
दुई दिने नेपाल भ्रमणका लागि केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली भाषमै सम्बोधन गरेका हुन् ।
उनलाइ परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गरेका छन् । स्वागत पछि मिडियामा नेपालीमा बोल्दै उनले भने, ‘नेपालमा आएर मलाई अत्यन्तै रमाइलो र खुसी लागेको छ। काठमाडौं पहिले पनि आएको छु तर विदेश सचिवको पहिलो भ्रमण हो । भारत र नेपाल निकटम मित्र हो ।’
उनले नेपाल भ्रमणको औचित्य र आफ्नो कार्यक्रमबारे पनि नेपालीमै बताएका थिए । नेपाली फररर बोल्न सक्ने भारतीय विदेश सचिवको मावली पनि नेपाल नै हो । श्रींगलाकी आमा हरिदेवी बस्नेत हुन् । उनी नेपाली आमा र भारतीय बाबुको छोरा हुन् भने सिक्किमको पुरानो बासिन्दा भएकोले घरमा बोल्ने भाषा नेपाली नै थियो । त्यसैले पनि उनको नेपाली अत्यन्त राम्रो छ ।
तपाईको प्रतिक्रिया