धनकुटा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत धनकुटाको जिल्ला अधिवेशन स्थगित भएको छ ।
सोमबारबाट सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा सहमति नभएपछि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
सहमतिको अधिकतम प्रयास गर्दासमेत सफल हुन नसकेपछि अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिका जिल्ला निर्वाचन अधिकृत पिकम राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया