काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीमध्ये ९ सय ४२ वटा गाडी र ८ सय ६४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ३१ जनालाई प्रचलित कानुन बमोजिम ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरेको छ ।
साथै ३ हजार ७ सय ६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ९ सय १६ जनालाई सचेत गराएको जनाएको छ ।
तपाईको प्रतिक्रिया