काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीमध्ये २ सय २ वटा गाडी र ३ सय ७८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात प्रहरीले छाड्ने गरेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय १७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै १ हजार ४ सय ८४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८८ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १४ हजार ६ सय ८९ जनालाई सचेत गराइएको छ ।
तपाईको प्रतिक्रिया