Tuesday, July 15, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

नेकपा विवादः दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगको प्रक्रिया अघि बढाउने


नेकपा विवादः दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगको प्रक्रिया अघि बढाउने

काठमाडौं । नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुवै पक्षलाई पत्राचार गरिएको हो। दाहाल–नेपाल पक्षलाई ७ दिनभित्र जवाफ दिन भनिएको छ। ओली पक्षलाई भने म्याद तोकिएको छैन। आयोगले दाहाल–नेपाल पक्षलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ बमोजिम कारबाही गर्न सकिने जानकारी गराएको हो ।

विषयको गाम्भीर्यलाई दृष्टिगत गरी फरक–फरक पत्र पठाइएको आयोगले जनाएको छ। दाहाल–नेपाल पक्षले पुस ६, ८ र १० गते आयोगमा निवेदन दिएको थियो। ओली पक्षले ७ र ९ गते निवेदन दिएको थियो। दाहाल–नेपाल पक्षले ६ गते स्थायी समिति बैठकको निर्णय, ८ गते केन्द्रीय समिति निर्णय, १० गते आधिकारिकता दाबीसहित पत्र आयोगमा दर्ता गरेको हो। ओली पक्षले ७ गते ११९९ केन्द्रीय सदस्यको मनोनयन र ९ गते विधान संशोधन र केन्द्रीय समिति बैठकको निर्णयसहित पत्र आयोगमा दर्ता गरेको हो। दाहाल–नेपाल पक्षले पार्टीको नाम, झन्डा, चुनावचिह्न दाबीसहित पत्र आयोगमा दर्ता गराएको छ। ओली पक्षले मात्रै केन्द्रीय समितिको विस्तार र विधान संशोधन विषयमा आयोगलाई जानकारी गराएको छ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ संशोधन गरी निर्वाचन अवधिमा दल दर्ता र विवाद निरुपण गर्न सक्ने व्यवस्था गरेको छ। नियमावलीका दुईवटा व्यवस्था हटाएर एउटा थप गरिएको छ। आयोगले नियमावलीको नियम ५ ९८० हटाएको छ। नियम ५ मा छुट्टै दल बनाउने व्यवस्था छ। यसको उपनियम ८ मा ‘यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिए पनि निर्वाचन अवधिभर छुट्टै नयाँ दल बनाउने सम्बन्धमा कुनै कारबाही गरिनेछैन’ भन्ने उल्लेख थियो। प्रवक्ता श्रेष्ठले यो नियम झिकिएसँगै अब निर्वाचन अवधिमा पनि नयाँ दल दर्ता गर्न सकिने बताए।

यस्तै नियम २३ (६) पनि झिकिएको छ। नियम २३ मा विवाद निरुपण प्रक्रियासम्बन्धी व्यवस्था छ। यसको उपनियम ८ मा ‘यस नियममा अन्यन्त्र जनुसुकै कुरा लेखिएको भए पनि निर्वाचन अवधिभर विवाद निरुपणसम्बन्धि कुनै कारवाही गरिनेछैन’ भन्ने व्यवस्था थियो। यो व्यवस्था हटाइएपछि अब निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण हुने भएको हो। जुनसुकै अवस्थामा दलका विवाद समाधान गर्न सक्ने बाटो खुलेको छ।

नेकपाको विवाद निरुपण गर्ने उद्देश्यले आयोगले नयाँ व्यवस्था गरेको देखिएको छ। आयोगले नियम १६ (१) मा १ (क) थप गरेको छ। नियम १६ मा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन दिने व्यवस्था छ। संघीय संसद्मा सहभागी दलको केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित रीतपूर्वक निवेदन दिए दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। संविधान र कानुन बाझिएकाले नियमावली संशोधन गर्नुपरेको आयोगले जनाएको छ।

आयोगका पूर्व कामु प्रमुख आयुक्त दोलखबहादुर गुरुङले तत्कालको समस्या समाधान गर्न आयोगले नियमावली संशोधन गरेको हुन सक्ने बताए। ‘अप्रत्यासित र अपर्झट निर्वाचनको घोषणा भएकाले आयोगले नियम संशोधन गरेको हुन सक्छ’, गुरुङले भने, ‘नियम संशोधन आयोगको अधिकार क्षेत्रभित्रकै विषय हो र यो नकारात्मक रूपमा पर्दैन।’ आयोगले काम गर्न सजिलोका लागि नियमावली संशोधन गरेको देखिएको उनको भनाइ छ। अन्नपुर्णपोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार
banner News

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

अशोज १, २०८१, ११:५३ AM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
मधेश प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्छः जनमतका सांसद कुशवाहा
banner News

मधेश प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्छः जनमतका सांसद कुशवाहा

भदौ १४, २०८१, ९:४६ AM
अस्पतालको सेवासुविधा उन्नत बनाउन मधेश प्रदेश सरकार प्रतिबद्ध
banner News

अस्पतालको सेवासुविधा उन्नत बनाउन मधेश प्रदेश सरकार प्रतिबद्ध

भदौ ९, २०८१, ८:४५ AM
बंगलादेशी हिन्दूहरूमाथिको दमन विरुद्ध हिन्दू युवा परिषद नेपालद्वारा विरोध प्रदर्शन
banner News

बंगलादेशी हिन्दूहरूमाथिको दमन विरुद्ध हिन्दू युवा परिषद नेपालद्वारा विरोध प्रदर्शन

साउन २९, २०८१, १०:११ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि