काठमाण्डौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन्। शुक्रबार अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको छ।

Your Ad Code Here

प्रतिनिधि सभा भंग भएपछि पहिलोपटक आज राष्ट्रिय सभा बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै विरोध भइरहेको छ। यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिले आज बस्ने बैठकका लागि कार्यसूची पनि बनाएको छ। सुरूमा अधिवेशन सुरू भएको राष्ट्रपति कार्यालयले पठाएको जानकारीको पत्र पढेर सुनाइन्छ। त्यसपछि दलका नेताहरूलाई बोल्न समय दिइने बताइएको छ।

राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनको मुद्दा उठ्ने सम्भावना छ। तर सर्वोच्चमा विचाराधीन मुद्दाबारे सांसदले बोले आफूले रूलिङ गर्ने अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग