चितवन । सुरक्षित र सभ्य निर्माण गर्ने प्रहरी अभियानमा सत्यतथ्य समाचार सम्प्रेषण गरेको भन्दै आर्थिक अभियान दैनिकका चितवन संवाददाता सूर्यप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ ।
६५ औं प्रहरी दिवसको अवसरमा शुक्रवार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले संवाददाता अधिकारीलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरेका हुन् ।
कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरण एवं सामाजिक अपराध रोकथाम र नियन्त्रणमा संवाददाता अधिकारीले खेलेको भूमिकाको मुल्यांकन गर्दै सम्मान गरिएको हो ।
पत्रकार अधिकारीले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् । साथै उनीसँगै चितवनस्थित सिनर्जी एफएमका स्टेशन म्यानेजर रमाकान्त पौडेललाई समेत उक्त अवसरमा अवसरमा सम्मानित गरिएको थियो । आर्थिक अभियान दैनिकबाट
तपाईको प्रतिक्रिया