Wednesday, July 16, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

सीमावर्ती भन्सार नाकामा पूर्वाधार बढाउन व्यवसायीको माग


सीमावर्ती भन्सार नाकामा पूर्वाधार बढाउन व्यवसायीको माग

वीरगञ्ज । सीमावर्ती मुख्य भन्सार नाकाहरूमा पूर्वाधार बढाउन व्यवसायीले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य संघले बिहीबार वीरगञ्जमा आयोजना गरेको निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण विषयक अन्तर्क्रियामा उद्यमी व्यवसायीले सीमा नाकाका भन्सारलाई पूर्वाधार र प्रविधियुक्त बनाउनुपर्ने बताएका हुन् ।

व्यापार सहजीकरणमा खटिएका निकाय र संरचना पूर्वाधारयुक्त भए मात्रै वैदेशिक व्यापार प्रतिस्पर्धी हुने उद्योगी व्यवसायीले बताए ।

संघका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारत अन्तरसरकारी बैठकमा भन्सार नाकामा पूर्वाधार सुदृढीकरणको समझदारी भएकाले सरकारले यसलाई निष्कर्षमा पुर्‍याउन प्रभावकारी कदम चाल्नुपर्ने सुझाब दिए ।

आयात–निर्यात परिमाणका आधारमा सबैभन्दा ठूलो नाकामा रहेको वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) मा पूर्वाधार बढाउन व्यवसायीले माग गरे । उनीहरूले आईसीपीमा पूर्वाधार स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए । ‘भारतको बिहारस्थित लक्ष्मीपुर (रक्सौल) देखि आईसीपीसम्मको सडक पनि स्तरोन्नति गर्न आवश्यक छ । अहिले दुई लेन मात्र रहेको सडक चार लेनको बनाएर आवागमन सहज बनाउन सरकारले पहल गर्नुपर्दछ,’ महासचिव राजपालले भने ।

यो मार्गमा रेल्वे ट्रयाक भएकाले कम्तीमा ३ ठाउँमा अकासे पुल निर्माण गरिनुपर्ने, रातीको समय लाइटको उचित व्यवस्थापन गरिनुपर्नेलगायत सुझाब व्यवसायीले दिए ।

सरकारले वीरगञ्जका सबै भन्सारलाई आईसीपीमा गाभ्ने योजना बनाएको छ । वीरगञ्जको साविक इनर्वा नाकाबाट अहिले क्लिंकर, कोइला, केही परिमाणको इन्धन मात्र आयात हुन्छ । अन्य आयात–निर्यात आईसीपीमै केन्द्रित भएको छ ।

सुक्खा बन्दरगाह भन्सारलाई पनि आईसीपीमै गाभ्ने योजना सरकारको छ । तर, सुक्खा बन्दगाह र आईसीपीबीचको जग्गा अधिग्रहण अलमलमा पर्दा पूर्वाधार विस्तारको योजना अघि बढ्न सकेको छैन ।

आईसीपीको नियामक नेपाल इन्टरमोडल यातायात विकास समितिले हालै त्यहाँ नयाँ पार्किङ, गोदामलगायतका संरचना थपेको छ । आईसीपीमा आयात–निर्यात बढेपछि संरचना विस्तार गरिएको समितिले बताएको छ ।

संघका अध्यक्ष गोपाल केडियाले वैध व्यापारलाई प्रोत्साहन र अवैध व्यापार निरुत्साहित हुनुपर्ने, सरकार र निजी क्षेत्रबीच दरिलो सहकार्य हुनुपर्नेमा जोड दिए । कोरोना महामारीका कारण नवीकरण गराउन छुट भएका व्यापारिक फर्म, घरेलु तथा साना उद्योगको समयसीमा थप्न उनले माग गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नवीकरण हुन नसकेका फर्म चैत मसान्तसम्म र पुराना फर्म आगामी असार १० गतेसम्म दर्ताका लागि समयसीमा बढाउने गृहकार्य भइरहेको जानकारी दिए । व्यवसायीले उठाएका अन्य सरोकार सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता अर्यालले व्यक्त गरे ।

वीरगञ्ज भन्सार कार्यालयका मुख्य भन्सार प्रशासक महेश आचार्यले वीरगञ्ज भन्सारले वैदेशिक व्यापारलाई सहजीकरण गरेको बताए । मन्त्रालयका उपसचिव श्रीधर गौतमले अहिलेको सन्दर्भमा वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा संघका पूर्वअध्यक्ष गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अशोककुमार वैद्य, प्रदीपकुमार केडिया, हरि गौतम, मनोज दास, आशीष लाठ, सुमन क्याल, शिवजी साह कलवारलगायतले व्यापार सहजीकरणमा सरकारी निकायको भूमिका सहयोगी नभएको बताए । आर्थिक अभियान दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै
banner News

पदाधिकारीमा देउवाको बहुमत

पुस ३, २०७८, ८:१० AM
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
banner News

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

पुस ३, २०७८, ८:०४ AM
१३४ पदमा उम्मेदवारी दर्ता आज
banner News

१३४ पदमा उम्मेदवारी दर्ता आज

मंसिर २५, २०७८, ९:५० AM
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको छः प्रचण्ड
banner News

२०४६ सालदेखि निरन्तर अध्यक्ष

मंसिर २२, २०७८, ८:५३ AM
प्रदेश २ मा कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा
banner News

कार्यकर्तामा कांग्रेस धनी

मंसिर २२, २०७८, ८:४५ AM
एक वर्षमा पनि गुडेन कुर्था-जनकपुर-जयनगर रेल
पत्र-पत्रिका

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

मंसिर १८, २०७८, १०:३३ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि