Wednesday, November 29, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय


विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय

काठमाडौँ । प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः निष्क्रिय भएका हुन् । राष्ट्रिय सभामा उत्पत्ति भई विचाराधीन रहेका विधेयक भने सोही सभामा मात्र प्रक्रिया अगाडि बढ्नेछन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले विघटनपछि विधेयक स्वतः निष्क्रिय हुने बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘‘सभा नभएपछि स्वतः विधेयक निष्क्रिय भएका छन् । प्रतिनिधि सभाको हकमा ३८ विधेयक छन् । प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन एक विधेयक छ ।’’

संवैधानिक व्यवस्थाअनुसार विधेयक विचाराधीन रहेको अवस्थामा अधिवेशन सकिएमा त्यस्ता विधेयक अर्को अधिवेशनमा कारबाही गर्न मिल्नेछ तर कार्यकाल सकिए वा विघटन भएमा विधेयक निष्क्रिय हुनेछन् । संविधानको धारा १११९१०० को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेका विधेयकको कारबाही प्रक्रिया भने अगाडि बढ्नेछ । ती विधेयक सभाबाट पारित भएर बस्नेछन् । हाल १८ वटा विधेयक राष्ट्रिय सभामा विभिन्न चरणमा विचाराधीन छन् ।

कुन कुन विधेयक निष्क्रिय ?
अभिलेखअनुसार प्रतिनिधि सभामा दर्ता मात्र भएका शान्ति सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक, मानव अधिकार आयोग विधेयक, भन्सार विधेयक, कर्जा सूचना विधेयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक निष्क्रिय भएका छन् ।

यस्तै प्रतिनिधि सभामा प्रस्तुत भएका निकासी पैठारी नियमन विधेयक, सैनिक विधेयक, सार्वजनिक खरिद (तेस्रो संशोधन) विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण विधेयक पनि निष्क्रिय भएका छन् ।

राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधि सभामा टेबुल भएका नेपाल मिडिया काउन्सिल विधेयक, काठमाडौँ उपत्यका सार्वजनिक यातायात विधेयक, नेपाल विशेष सेवा विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, बिरुवा संरक्षण विधेयक, बीउबिजन (दोस्रो संशोधन) विधेयकलगायतका निष्क्रियको सूचीमा परेका छन् ।

प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधीन दस विधेयक पनि निष्क्रिय भएका छन् । बीमा विधेयक, सङ्घीय निजामती सेवा, सूचना प्रविधि विधेयक, सार्वजनिक ऋण व्यवस्थापन, कारागार तथा धितोपत्रसम्बन्धी विधेयकलगायत निष्क्रिय भएका हुन् । त्यसैगरी समितिले दफावार छलफलपछि प्रतिवेदन बनाएका पाँच विधेयक पनि निष्क्रिय भएका छन् ।

जसमा लोकसेवा आयोग विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयकलगायत छन् । दोस्रो अधिवेशनबाट विचाराधीन रहेको नागरिकता विधेयक संसद्बाट पारित हुन सकेन ।

प्रतिनिधि सभामा विचाराधीन रहेका पाँचवटा गैरसरकारी विधेयक पनि निष्क्रियको सूचीमा परेका छन् । गाँजा खेती ९व्यवस्थापन० विधेयक तथा नेपालको संविधान संशोधन विधेयक चारवटा विधेयक निष्क्रिय भएका हुन् ।

राष्ट्रिय सभामा रेल्वेसम्बन्धी विधेयक, भ्रष्टाचार निवारण, अख्तियार दुरुपयोग अनुसन्धान (तेस्रो संशोधन), नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, हवाई सेवा प्राधिकरण विधेयक, तथ्याङ्क विधेयक, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, सामाजिक सुरक्षा विधेयक, अभिलेख संरक्षण विधेयकलगायत रहेको समाचार गोरखापत्रमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै
banner News

पदाधिकारीमा देउवाको बहुमत

पुस ३, २०७८, ८:१० AM
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
banner News

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

पुस ३, २०७८, ८:०४ AM
१३४ पदमा उम्मेदवारी दर्ता आज
banner News

१३४ पदमा उम्मेदवारी दर्ता आज

मंसिर २५, २०७८, ९:५० AM
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको छः प्रचण्ड
banner News

२०४६ सालदेखि निरन्तर अध्यक्ष

मंसिर २२, २०७८, ८:५३ AM
प्रदेश २ मा कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा
banner News

कार्यकर्तामा कांग्रेस धनी

मंसिर २२, २०७८, ८:४५ AM
एक वर्षमा पनि गुडेन कुर्था-जनकपुर-जयनगर रेल
पत्र-पत्रिका

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

मंसिर १८, २०७८, १०:३३ AM

ताजा समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

2 weeks पहिले
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

8 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

8 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

9 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

9 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

9 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि