काठमाडौँ । चालू आर्थिक वर्षको विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको विप्रेषण आप्रवाह चार महिनामा ११/२ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २/८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६/४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १/९ प्रतिशतले घटेको थियो ।
विदेशी मुद्रा सञ्चिति वृद्धि
चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७/४ प्रतिशतले वृद्धि भएको छ । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब छ करोड रुपियाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३/२ प्रतिशत रहेको छ । यो विदेशी विनिमय सञ्चितिले १५/४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ ।
घट्यो व्यापार घाटा
व्यापार घाटा १२/५ प्रतिशतले घटेको छ । यस अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपियाँ कायम भएको नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको पहिलो चार महिनाको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८/९ प्रतिशतले ह्रास आएको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८/१ प्रतिशत थियो । समीक्षा अवधिमा निर्यात १०/८ प्रतिशतले बढेको छ । यो अवधिमा ४० अर्ब २० करोड रुपियाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३/९ प्रतिशतले वृद्धि भएको थियो ।
चार महिनामा अलैँची, जुटका सामान, धागो ९पोलिस्टर तथा अन्य०, चाउचाउ, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । कुल निर्यातमध्ये भारतमा हुने निर्यात १४/९ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५९/२ घटेको छ ।
आयातमा कमी
समीक्षा अवधिमा आयात १०/६ प्रतिशतले घटेको छ । यस अवधिमा चार खर्ब दुई अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६/९ प्रतिशतले घटेको थियो । भारतबाट हुने आयात ३१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ । तेस्रो मुलुकबाट हुने आयात पनि १९/८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा हेर्दा पेट्रोलियम पदार्थ, हवाई जहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ । चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खानेतेल, उपचारका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको देखिन्छ ।
सेवा आयमा असर
समीक्षा अवधिमा खुद सेवा आय १५ अर्ब ६४ करोड रुपियाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय दुई अर्ब ४९ करोड रुपियाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ९३/१ प्रतिशतले कमी आई एक अर्ब ८८ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब १४ करोड रुपियाँ रहेको थियो ।
भ्रमण व्यय ६८/६ प्रतिशतले कमी आई आठ अर्ब तीन करोड रुपियाँ कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय छ अर्ब ८० करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ५९ करोड रुपियाँ रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ११ करोड रुपियाँ रहेको थियो । – गोरखापत्रबाट
तपाईको प्रतिक्रिया