प्रभातकालीन सुर्यको किरणले मानिसलाई पोषकतत्व प्रदान गर्दछन् । ज्ञानी मानिस यस तथ्यसँग परिचित हुन्छन् । त्यसै उनीहरु सुर्योदयभन्दा पहिले नै उठेर रश्मि मिसिएका प्राण तत्वरूपी रत्नलाभ प्राप्त गर्दछन् । त्यसबाट मानिसहरुले दीघार्यु प्राप्त गरेर सन्तान लाभ गर्दै स्वस्थ जीवन प्राप्त गर्दछन् ।

प्रातःकाल उठेर जो मानिस यज्ञादि नित्यकर्ममा लाग्दछन्, तिनका लागि जीवनमा धन–धान्य, एवं सुखको नदी नै प्रवाहित हुन्छ । जीवनका लागि अति उपयोगी व्यावहारिक सुत्रहरुलाई नै धर्मको रुपमा उल्लेख गरेका थिए हाम्रा पुर्वज ऋषिहरुले । धर्म अर्थात गरिनैपर्ने कर्तव्यलाई ‘पुण्य’ कर्मको रुपमा व्याख्या गरियो । हुन पनि धर्मबाट लाभ नै हुन्छ । यद्यपि कर्तव्यलाई लाभ र हानीको द्वन्द्वबाट मुक्त भएरै गरिनुपर्छ भन्ने आर्ष ऋषिहरुको शिक्षा रहेको छ ।

Your Ad Code Here

बिहान चाँडै उठ्नु, ब्रह्ममुर्हतमा प्राणवायुको सेवन गर्नु, सन्ध्या बन्दन गर्नु, सुर्योदयपछिको करिब एक घन्टासम्मका कलिला रश्मि शरीरमा पर्न दिनु ९बिहानको घाम ताप्नु० जस्ता दैनिक जीवनका सुत्र स्वास्थ्य, शुभभावना वृद्धि र समृद्धिका साथै समयको साथृक सदुपयोगका लागि पनि हो । शरीर फुर्तिलो हुन्छ । मन उत्साहपुर्ण बन्छ । दिनभरिका कार्यको लागि आवश्यक ऊर्जा प्राप्त गर्न सकिन्छ । बिहान चाँडै उठ्नाले कयौँ व्यक्तिगत विकासका कामहरु गर्न समय मिल्छ ।

त्यसपछिको समयलाई परिवार, व्यावसाय, समाज इत्यादीका लागि नियोजित गर्न सकिन्छ । यसरी आलस्य नगरिकन धर्मप्रेरित नित्यकर्म गर्नाले मासिनले जीवनमा निकै उन्नति गर्न सक्छ । किनभने आरोग्य अर्थात स्वस्थ शरीर नै धर्म–कर्तव्य निर्वाहको पहिलो साधन हो–शरीरमाद्यं खलु धर्म साधना ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग