Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

कोरोना महामारीमा पनि रोकिएन विकास पूर्वाधार


कोरोना महामारीमा पनि रोकिएन विकास पूर्वाधार

सप्तरी (फत्तेपुर)। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणमा मुलुकको ध्यान गइरहे पनि सरकारले भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रगति विवरणले देखाएको छ ।

झोलुङ्गे पुल, सडक पुल, खानेपानीका ट्याङ्की, सम्पदा पुनर्निर्माण, एकीकृत बस्ती विकासका योजना भूकम्प पछिको पुनर्निर्माणको कामले कोरोनाको अवधिमा समेत उच्च प्राथमिकता पाएको हो । अहिले गाउँदेखि सहरसम्म कच्ची भएका सडक कालोपत्रे भएको तथा गोरेटो बाटो ग्राभेलयुक्त र पक्की भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागबाट गत आर्थिक वर्षमा मात्र ३४२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक निर्माण १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर, सडक नियमित मर्मतसम्भार एक हजार ७१६ किलोमिटर निर्माण भएका छन् ।

त्यस्तै सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न भएको, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको र ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएको छ ।

चालूू आर्थिक वर्षभित्र छ सय झोलुङ्गे पुल निर्माण हुँदै छन् । चार हजार आठ सय हेक्टर क्षेत्रमा साना सिँचाइको सुविधा पुग्नेछ । देशभरकै स्थानीय तहले आवधिक योजना तर्जुमा गर्ने लक्ष्यसहित मन्त्रालयले काम धमाधम अगाडि बढाइरहेको मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिए।

चालूू आर्थिक वर्षको पहिलो चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण भएको, सडक कालोपत्रे १४ किलोमिटर, सडक स्तरोन्नति ३६ किलोमिटर, सिँचाइ तथा बहुउपयोगी छवटा योजना सम्पन्न, चार लाख ७२ हजार श्रम दिनको रोजगार सिर्जना भएको, एउटा सडक पुल निर्माण भएको छ । साथै ८१३ किलोमिटर सडक मर्मत गरिएको, तीनवटा खानेपानी आयोजना सम्पन्न भएको, १६५ वटा झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण भएको मन्त्रालयले जनाएको छ ।

“लक्ष्य प्राप्ति गर्ने गरी मन्त्रालयले योजनाबद्ध रूपमा काम अगाडि बढाइरहेको छ”, सहसचिव गौतमले भने, “मन्त्रालय अन्तर्गत गर्नुपर्ने भौतिक विकासको कामलाई उच्च प्राथमिकता दिएर हामीले काम गरिरहेका छौँ ।”

अहिलेसम्म मन्त्रालय अन्तर्गतका कार्यालयको काम सन्तोषजनक छ तर सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गराउने जिम्मेवारी पाएका हामीले सन्तोष मानेर बस्ने अवस्था छैन भन्दै उनले दोस्रो चौमासिकमा अहिलेभन्दा भौतिक प्रगति बढी गर्ने गरी काम भइरहेको बताए ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले विभागले लक्ष्य गरे अनुसारका झोलुङ्गे पुल, सिँचाइ, सडक कालोपत्रे लगायतका योजना पूरा गर्ने गरी भौतिक रूपमै काम तीव्र पारेको बताए ।

उनले भने, “विकासको काम सहरदेखि गाउँसम्म भएका छन् चालूू आर्थिक वर्षका सञ्चालित योजना पूरा हुँदा नागरिकका अपेक्षा अनुसार नै काम हुन्छ ।” गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै
banner News

पदाधिकारीमा देउवाको बहुमत

पुस ३, २०७८, ८:१० AM
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
banner News

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

पुस ३, २०७८, ८:०४ AM
१३४ पदमा उम्मेदवारी दर्ता आज
banner News

१३४ पदमा उम्मेदवारी दर्ता आज

मंसिर २५, २०७८, ९:५० AM
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको छः प्रचण्ड
banner News

२०४६ सालदेखि निरन्तर अध्यक्ष

मंसिर २२, २०७८, ८:५३ AM
प्रदेश २ मा कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा
banner News

कार्यकर्तामा कांग्रेस धनी

मंसिर २२, २०७८, ८:४५ AM
एक वर्षमा पनि गुडेन कुर्था-जनकपुर-जयनगर रेल
पत्र-पत्रिका

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

मंसिर १८, २०७८, १०:३३ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि