काठमाडौं । स्थानीय तहले छिमेकी मुलुकसँग भगिनी सम्बन्ध कायम गरेको विषयमा संंघीय सरकारले विवरण माग गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ८ मा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्वस्वीकृति लिई विदेशका कुनै स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्न सक्ने प्रावधान रहेको छ।

Your Ad Code Here

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरी सोसम्बन्धी विवरण माग गरेको हो । स्थानीय तहलाई विवरण पेस गर्न सहज होस् भनेर तोकिएको ढाँचा बनाई पत्राचार गरिएको मन्त्रालयको विकास सहायता समन्वय शाखाले जनाएको छ । त्यस्तो विवरण स्थानीय तहले मन्त्रालयमा १० दिनभित्र पेस गर्नुपर्ने भएको छ ।

मन्त्रालयले तोकेको ढाँचाअनुसार स्थानीय तहले भगिनी सम्बन्ध स्थापना गरेको देश र स्थानीय तह, सरकारबाट स्वीकृति प्राप्त गरेको मिति, भगिनी सम्बन्धमा हस्ताक्षर भएको मिति र भगिनी सम्बन्धको अवधि उल्लेख गर्नुपर्नेछ ।

स्थानीय तहले आफूखुसी विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्ने गरेको भन्दै मन्त्रालयले यसअघि संंघीय सरकारको स्वीकृति लिएर मात्र त्यस्तो सम्बन्ध राख्न पत्राचार गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग