काठमाडौं । ‘विद्युत् कटौतीमा सुधार ल्याउने नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको छ।

पटक पटक बत्ती जाने समस्यामा सुधार ल्याउने प्राधिकरणले दाबी गरेको हो। पूर्व सुचना नदिएर पटक पटक बत्ती जाने, घण्टौंसम्म बत्ती नआउने जस्ता कारणले कतै फेरि लोडसेडिङ त निम्तिएन भन्ने जनगुनासो बढ्दै जाँदा प्राधिकरणले अब लोडसेडिङ नहुने विश्वास दिलाएको छ।

Your Ad Code Here

लोडसेडिङ नभएको भन्दै प्राधिकरणले तथ्यांकसहित विज्ञप्ति जारी गर्दै उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन कटिबद्ध रहेको जनाएको छ। प्रसारण तथा वितरण लाइन, सबस्टेसन सुदृढीकरण गर्न प्राविधिक कामका कारण विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणको दाबी छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग