सप्तरी । महोत्तरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ ।
आज बिहान महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्लाकै बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको छ ।
ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएको छ । भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।
तपाईको प्रतिक्रिया