Wednesday, July 16, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

भिटामिन ‘डी’ ले कोभिड-१९ बाट जोगाउने पर्याप्त प्रमाण छैन


भिटामिन ‘डी’ ले कोभिड-१९ बाट जोगाउने पर्याप्त प्रमाण छैन

काठमाडौं । भिटामिन ‘डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरिक्ष सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ।

उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको उत्तर फेला पार्न थप अनुसन्धानको आवश्यकता रहेको बताएको छ। तर जाडो महिनामा र घाममा कम बस्न पाउने अवस्थाका मानिसहरूले आफ्नो शरीरको हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका लागि भने ‘भिटामिन डी सप्लिमेन्ट’ भनिने अतिरिक्त मात्रा ग्रहण गर्नु उचित हुने सुझाव दिइएको छ।

स्वास्थ्य अधिकारीहरूले भिटामिन डी र कोभिड-१९ को सम्बन्धका विषयमा प्रस्तुत गरिएका प्रमाणहरूको समीक्षा गरेका थिए। केही सानो सङ्ख्यामा भएका अध्ययनहरूले श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई उचित प्रतिक्रिया जनाउन सघाउन भिटामिन डीको सम्बन्ध हुनसक्ने देखाएका थिए।

तर ती विज्ञ तथा स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ रोगको उपचारमा भिटामिन डीको प्रयोग गर्ने सिफारिस गर्न र सुझाव दिनका लागि ‘प्रमाणहरू अपर्याप्त’ रहको पाइएको बताएका छन्। स्वस्थ रहन मानिसलाई भिटामिन डि चाहन्छ तर त्यसले कोरोनाभाइरसबाट जोगाउँछ भन्नकालागि थप प्रमाण आवश्यक रहेको बताइएको छ।

प्रस्तुत प्रमाणहरूको अध्ययन गरेका स्वास्थ्य विज्ञहरूले भनेका छन् कुनै निष्कर्षमा पुग्नुअघि थप उच्चस्तरीय र नियन्त्रित प्रकृतिका परीक्षणहरू गरिनु आवश्यक छ। इङ्ग्ल्यान्डमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकाय न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर एक्सिलेन्स ९एनआईसीई० का एक निर्देशक डा। पल क्रिस्प भन्छन्ः ‘प्रमाणहरू भनेर प्रकाशित नै भएका विवरणहरूलाई हामी निरन्तर निगरानीमा राख्नेछौँ र आवश्यकताअनुसार उपचारसम्बन्धी निर्देशनहरूलाई अद्यावधिक गर्ने र समीक्षा गर्ने कार्य गर्नेछौँ।’

लन्डनस्थित क्वीन मेरी यूनिभर्सिटीकी एक क्लिनिकल प्रोफेसर एड्रिएन मार्टिन्यू भन्छन्ः भिटामिन डीले कोभिड-१९ को जोखिम र गम्भीरतालाई कम गर्न सक्ने सम्भावना हुन सक्छ र हाल जारी रहेका चिकित्सा परीक्षणहरूले सम्भवतः यस विषयमा उठेका प्रश्नमा थप प्रकाश पार्न सक्नेछन्। तर जाडो मौसममा कम घाम लाग्ने वा घाम ताप्न नपाउने ठाउँका मानिसहरूले स्वास्थ्यका लागि थप भिटामिन डी सेवन गर्नु आवश्यक हुनसक्छ।

यसै पनि यो महामारीका बेला घरभित्रै ‘आइसोलेशन’मा रहेका र कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट बच्न घरबाहिर ननिस्केर कोठामा नै धेरै समय बिताउनु परेको अवस्थाका मानिसहरूले घामबाट पाइने भिटामिन डी पर्याप्त मात्रामा प्राप्त गर्न नसकेको हुनसक्छ।-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वाल दिवसको अवसरमा मातृभूमि प्रतिष्ठान नेपालद्धारा शैक्षिक सामग्री वितरण
banner News

वाल दिवसको अवसरमा मातृभूमि प्रतिष्ठान नेपालद्धारा शैक्षिक सामग्री वितरण

भदौ २९, २०७८, १०:०४ PM
कक्षा १२ को परीक्षा एक सय पूर्णाङ्ककै, परिक्षा विद्यार्थीको भौतिक उपस्थितिमा हुने
मुख्य समाचार

कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

भदौ ८, २०७८, ३:२९ PM
११ दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको पिसिआर परीक्षण बन्द,  सर्वसाधारण समस्यामा
banner News

कोरोना अपडेटः थप ३४ सय ८१ जनामा देखियो कोरोना

साउन २८, २०७८, ४:४३ PM
वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान थाल्ने तयारी
banner News

वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान थाल्ने तयारी

जेष्ठ २७, २०७८, २:२४ PM
कोरोना अपडेटः थप ९६ जना देखियो सङ्क्रमण
banner News

कोरोना अपडेटः थप ७ हजार ४२५ जनामा देखियो सङ्क्रमण

जेष्ठ १०, २०७८, ४:३४ PM
स्थगित स्नातक तहका परीक्षा साउनभित्रै लिने त्रिविको योजना
banner News

स्थगित स्नातक तहका परीक्षा साउनभित्रै लिने त्रिविको योजना

जेष्ठ १०, २०७८, १०:५९ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि