जाजरकोट । भेरी नगरपालिका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।
कोभिड-१९ महामारीको त्रासका कारण चैत्र देखि बन्द रहेका जाजरकोटको भेरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आगामी मंसिर १४ गते आइतबारदेखि खुल्ने भएको हो । लामो समयपछि पठनपाठन सुरु गर्ने निर्णयले अभिभावक र विद्यार्थी उत्साहित भएका छन्।
भेरी नगर शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनले बताए अनुसार कोरोना महामारीको प्रभाव विस्तारै हट्दै गएको र लामो समयदेखि पठनपाठन नहुँदा शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएकाले विद्यालय खोल्ने निर्णय गरिएको हो ।
तपाईको प्रतिक्रिया