काठमाडौं । सयुक्त अधिराज्यमा फैलिइरहेको नयाँ प्रकारको भाइरसको प्रकोपले नेपाल आएका यात्रुलाई अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ ।

सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको हो ।

Your Ad Code Here

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार जारी गरेको सूचनामा पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको उल्लेख गरिएको छ । संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको सूचनामा उल्लेख गरिएको छ ।

डा गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिनेसमेत उल्लेख गरेका छन्। एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वमा नै त्रास सिर्जना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ । नेपालले पनि कोरोनाबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहाँसुकै फैलन सक्ने माध्यम भनेको विदेशको यात्रा भएको पहिचान गरी बुधबारदेखि उच्च सतर्कता अपनाउनका संयुक्त अधिराज्यबाट र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।

इटालीमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । इटालीका स्वास्थ्यमन्त्रीले बेलायतमा नयाँ स्ट्रेनको बिरामी भेटिएको र यो हालै बेलायतमा फेला परेको भाइरस रहेको इटालीका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग