सप्तरी (फत्तेपुर) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेका छन्।

मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा आपत्ति जनाउँदै प्रवक्ता प्रा. डा. गौतमले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेका हुन् ।

Your Ad Code Here

गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन। घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ ।’ उनले भनेका छन् ।

प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ। अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’ गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग