काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा बामदेव गौतम पनि सहभागी भएका छन् ।

यसअघि गौतम तटस्थ रहँदै आएका थिए । एमाले एकता महाअभियानका नेतृत्व गौतम बैठकमा सहभागी भएका हुन् । संसद विघटन भएयता गौतम तत्कालीन नेकपा र हालको ‘डबल’ एमालेको कुनै भेलामा सहभागी थिएनन् ।

Your Ad Code Here

गौतम पत्नी तुलसा भने यसअघि बसेकै संसदीय दलको बैठकमा सहभागी भइसकेका छनन् । आजको बैठक विपक्षी एमालेले भने बहिष्कार गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग