काठमाडौं । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Your Ad Code Here

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो ।

अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ ।

किस्ताबन्दीमा कहिले पठाउँछ भन्ने विषय तय नरहेको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । उनका अनुसार भारतबाट आउने खोप भने दुई साताभित्रै ल्याउने गरी नेपालले कुराकानी अगाडि बढाएको हो ।

हाल नेपालमा स्थगित भएको खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए। अहिलेसम्म १७ लाख जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ । -गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग