काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेका छन्। २०७४ फागुन ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनी राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त भएका थिए।

सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहेका खरेलले आफूले प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि राजीनामा दिएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए। ‘प्रधानमन्त्रीसँग भेटेर कुरा भयो। उहाँको र मेरो कुरा एउटै थियो। जहाँबाट आएको थिएँ, म त्यतै फर्कन्छु’ खरेलले भने, ‘फुटबल खेल्नका लागि बाहिरबाट हुन्न, मैदानमा फर्कंदैछु।’

Your Ad Code Here

प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म नियुक्त गरेका सरकारका कानुनी सल्लाहकारले पद छोड्ने प्रचलन खासै छैन। यसअघि पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल छँदै राजीनामा गरेका थिए।

खरेल नेकपा एमालेका तर्फबाट यसअघि कानुनमन्त्रीसमेत भइसकेका छन्। उनले २०४७ सालको संविधान निर्माणका क्रममा एमाले नेता माधवकुमार नेपालको सहयोगीको रूपमा काम गरेका थिए। पत्रकार सम्मेलनमा उनले पार्टीबाट जुनसुकै जिम्मेवारी पाए पनि निर्वाह गर्ने बताए । नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग