पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् ।

कार्यकर्ता प्रशिक्षणका क्रममा सोमबार पर्वत आएका वरिष्ठ नेता पौडेलले अहिलेको अवस्थामा आफ्नो पार्टीलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका हुन् ।

Your Ad Code Here

पौडेलले प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा यस्तो बताए। उनले वर्षौँदेखिको लडाइँबाट देशमा लोकतान्त्रिक व्यवस्था ल्याए पनि नागरिकले त्यसको आभास प्राप्त गर्न नसकेको बताउँदै व्यवस्थाको रक्षार्थ नेपाली कांग्रेस सदैव अडिग रहेको प्रस्ट्याए।

अर्को प्रसङ्गमा नेता पौडेलले सत्ता समीकरणको सन्दर्भमा पार्टीका सभापति शेरबहादुर देउवालाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको बताए । ‘सरकारमा जानका लागि अर्कैलाई साथ दिने हो वा आफै नेतृत्व गर्ने हो भन्ने सभापतिलाई अधिकार दिएको छौँ’, उनले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग