मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा शनिबार एक्कासी हिमपात परेको छ ।

मुस्ताङमा खुर्पानीमा फुल खेल्दै गरेको समयमा शनिबार एक्कासी हिमपात हुँदा कृषक उत्साही भएका हुन् । स्याउ तथा खुर्पानी लगायतका फलफुलको फुलखेल्ने समय हुँदै गर्दा यही समय हिमपात हुँदा सिंचाइका लागि पनि सहज भएको मार्फाका अगुवा कृषक दिपक लालचनले बताए ।

Your Ad Code Here

लालचनका अनुसार अहिले भर्खरका लागि सिंचाइ गर्ने समय हो र अब हिमपातले गर्दा सिंचाइ भर्खरै गरी हाल्न पर्दैन । त्यस्तै अग्ला डाँडाहरुमा हिउँ रहने हुँदा बर्खाको समयमा पनि सिंचाइका लागि हिउँ पग्लेर बगी रहने हुँदा समस्या हुँदैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग