काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले निर्वाचन गर्ने बेला हो र ? भन्दै प्रश्न गरेका छन् ।

एक कार्यक्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष केसीले अहिले निर्वाचन गर्ने बेला हो र ? भन्दै प्रश्न गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगमनकारी कदम चालेको आरोप समेत लगाएका छन् ।

Your Ad Code Here

बरु, अहिले युवाहरुलाई रोजगारी दिने र कोरोनाको उपचार गर्ने बेला भएको उनको तर्क छ । उनले प्रधानमन्त्री ओलीले हुँदाखाँदाको संसदलाई विघटन गरेर आर्यघाटमा पुर्याउने काम गरेको भन्दै आलोचना समेत गरे ।

उनले संघीयता लास भइसकेको पनि बताएका छन् । साथै अब संघीयतालाई दाहसंस्कार गर्नुपर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग