उदयपुर । बेलका नगरपालीका-१ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरीले कम्युनिष्टहरुलाई कोबराको संज्ञा दिएका छन् ।

सोही नगरपालीकाको पुरनदहमा आज दिउँसो आयोजित भेटघाट कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरीले कम्युनिष्टहरुलाई कोबरा ‘गौहमन सर्प’ को संज्ञा दिएका हुन् ।

Your Ad Code Here

कार्यक्रममा चौधरीले कम्युनिष्टहरुले देशको संविधान च्यात्ने प्रयास गरेको गम्भिर आरोप समेत लगाएका छन् । साथै सबै तर्फबाट हामी बोल्ने अधिकार खोसिरहेको र खोसिसकेको पनि बताए ।

उनले कम्युनिष्टहरुले देशलाई निरङकुशता तर्फ लगेको बताएका छन् । साथै, उनले जनताको अधिकार हनन् गर्न नपाउने पनि बताएका छन् । यसका लागि आफुहरु अवाज उठाउने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग