विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई अफगानिस्तानको बाटोमा लैजाने काम भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज वरिष्ठ नेता पौडेलले नेपाललाई अफगानिस्तानको बाटोमा लैजाने काम भएको बताएका हुन् । साथै देश न्यायमूर्तिको हातमा रहेको उनले बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई साथ लिएर जुनसुकै बेला संसद विघटन गरिदिनसक्ने भन्दै पटकपटक निर्वाचनमा जानुपर्ने वाध्यता आउने बताएका छन् । सर्वोच्च अदालतले यसलाई रोक्ने आफ्नो अपेक्षा रहेको पनि उनले बताएका छन् ।

Your Ad Code Here

“चुनाव गर्न मात्रै जनतामा जाने हो की विकास पनि गर्ने हो जनताको ? अदालतबाट प्रधानमन्त्री ओलीको निर्णय सदर गर्ने हो भने कार्यकारी अधिकार हातमा लिएपछि राष्ट्रपति साथमा भएपछि जे पनि गर्न पाइने भयो नेपालमा । जनताको भोटको के अर्थ,” पौडेलले भने, “भोट हाल्यो, त्यो भोट एउटा सन्की आएर फाल्दिहाल्छ । यो राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।”

कांग्रेस सरकारमा नजाने उनले स्पष्ट पारे । कांग्रेसले संसद विघटन अलोकतान्त्रिक, प्रतिगामी, असंवैधानिक र सर्वसत्ताबादतिर जान लाग्यो भन्ने कांग्रेसको निर्णय भएकाले सरकारमा जानेबारे कोही व्यक्ति विशेषले दायाँबायाँ गर्न नपाउने बताए । “कार्यकारिणी अधिकार प्रयोग गरेर आफूले संविधान विघटन गरेको भन्दै प्रधानमन्त्री मुद्दा खारेज गर्न अदालतलाई ओदेश दिँदै हुनुहुन्छ । यो भनेको के हो रु हामीले यसकै लागि ७० वर्ष लडेर संविधान बनाएको हो ?,” वरिष्ठ नेता पौडेलले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग