सप्तरी । जनमत पार्टीका नेता अनिल पंजियारले मधेशी नेताले नै मधेशीलाई ठगेको बताएका छन् ।

सप्तरी जिल्लाको कंचनरुप नगरपालीका-३ बरमझिया, तत्माटोलमा आयोजित प्रथम ऐतिहासिक वडा अधिवेशन कार्यक्रममा बोल्दै सो नगरपालिकाका इन्चार्ज समेत रहेका नेता पंजियारले मधेशी नेताले नै मधेशीलाई ठगेको बताएका हुन् ।

Your Ad Code Here

सत्ताको स्वार्थमा मधेशी नेताहरु (उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका मधेशी नेताहरु)ले मधेशी जनतालाई भुलभुलैयामा पारेर ठगेको उनको धरणा थियो । साथै उनले जनमत पार्टीलाई जिताउनै पर्ने बताएका छन् ।

उनले भने, ‘हामी सबै मिली जनमत पार्टीलाई जिताउनु पर्छ ।’ जनमत पार्टीले सबै मधेशी जनताको सपना पुरा गर्ने बताएका छन् । उनले आफुहरुसँग एक राम्रो मिसन रहेको बताएका छन् । जसअनुरुप मधेशी जनताको सपना पुरा हुने उनले दावी गरेका छन् ।

May be an image of 9 people and people standing
May be an image of 6 people and people standing

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग