सप्तरी । समाजसेबी अमरलाल दासले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनताको सेवा गर्न आएको बताएका छन् ।

सप्तरी जिल्लाको कंचनरुप नगरपालीका-३ बरमझिया, तत्माटोलमा आयोजित प्रथम ऐतिहासिक वडा अधिवेशन कार्यक्रममा बोल्दै जनमत पार्टीका कार्यकर्ता समेत रहेका समाजसेबी दासले अध्यक्ष डा. राउत जनताको सेवा गर्न आएको बताएका हुन् ।

Your Ad Code Here

दासले अब हुने चुनावमा हाम्रो पार्टी (डा राउत नेतृत्वको जनमत पार्टी)लाई सबै मिली जिताउनु पर्ने बताएका छन् । उनले भनेका छन् ‘हामी हराई सकेका छौं, डा सिके राउत जनताको सेवा गर्न आउनु भएको छ, र उहाँको अभियानमा हामी जुटौँ र जिताऔँ ।’

हामी सर्वसाधारण जनता अरुको भुलभुलैया पर्ने गरेको बताउँदै उनले अरुको भुलभुलैया नपर्न सबैमा आग्रह गरेका छन् । साथै उनले सबैले तन मन धन लगाएर जनमत पार्टीलाई सहयोग गर्न अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग