सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको छ ।

देशमा आज कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको सख्या १९९४ पुगेको जनाएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा थप २३२ जना सङ्क्रमण देखिएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६९ हजार १८० जना पुगेको छ । अहिलेसम्म ३४५२ जना आइसोलेशनमा र १४७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग