सप्तरी । सकरदही टोलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।

आज विहान जिल्लको हनुमाननगर कङ्कालिनी नगरपालिका-२ स्थित सकरदही टोलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको हो ।

Your Ad Code Here

वडाध्यक्षले दिएको जानकारी अनुसार कङ्कालिनी-२ सकरदही निवासी जगन सुतिहार, नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर, खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव २० लाख बराबर मूल्यको क्षति भएको छ ।

कङ्कालिनी-२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट आगलागी शुरु भएको वडाध्यक्ष सन्तोष गोइत यादवले बताए । आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग