काठमाडौं । पूर्व उपप्रधानमन्त्री डा भीम बहादुर रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले नेपालको कुटनीतिलाई कमजोर भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले नेपालको स्वाभिमानलाई झुकाउने र नेपालको कुटनीतिलाई कमजोर बनाउनेबाहेक अन्य केही पनि उपलब्धि नभएको टिप्पणी गरेका हुन् ।

Your Ad Code Here

भारतसँगको सिमा विवाद समाधानको लागि नेपालका राजनीतिक दलहरु एकमत रहेको र सरकारलाई पूरा साथ दिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर कदम नचालेको पनि उनको टिप्पणी छ ।

भारत भ्रमणको क्रममा मन्त्री ज्ञवालीले सिमा विवादको बारेमा एक शब्द पनि उच्चारण नगरेको रावलको दाबी छ । वर्तमान प्रधानमन्त्री ओली र मन्त्री ज्ञवालीले अनैतिक कुटनीति गरिरहेको पनि उनको आरोप छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग