काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार रहेको बताएका छन् ।

भारत भ्रमणबाट फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद छिटो समाधान गर्न राजनीतिक र कूटनीतिसंयन्त्रलाई क्रियाशील गर्न दुवै मुलुक सहमत भएको बताएका हुन्।

Your Ad Code Here

उनले सन् १९५० को सन्धिको पुनरवलोकन, ईपीजी प्रतिवेदन र बाँकी रहेको सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग गम्भीर र फलदायी छलफल भएको बताए । साथै उनले दुवै मुलुक उच्चस्तरीय राजनीतिक संयन्त्रलाई क्रियाशील बनाई सीमा समस्या समाधान गर्न तयार भएको पनि बताए।

भारतीय रक्षामन्त्रीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधानका लागि छलफल गरौं।’ भारतीय रक्षामन्त्री सिंहले सीमा समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने भनेको उनले पत्रकारलाई सुनाएका थिए।

सिंहसँगको भेटमा रक्षा सहयोगबारे समेत छलफल भएको मन्त्री ज्ञवालीको भनाइ थियो। आयोगको बैठकमा सीमा विवाद सुल्झाउन सन् २०१४ मा बनेको सचिवस्तरीय संयन्त्रलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग