काठमाडौं । मुलुकको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन होटेल व्यवसायीहरू लागिपरेका छन् ।

कोरोना भाइरसले सृजित समस्याका कारण सबैभन्दा बढी प्रभावित मुलुकको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन होटेल व्यवसायीहरू लागिपरेका हुन् ।

Your Ad Code Here

आन्तरिक पर्यटनमा केही सुधार देखिए पनि बाह्य पर्यटक आगमन नहुँदा सुस्ताएको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन उनीहरूले एशियाली देशका पर्यटकलाई नेपाल ल्याउन विशेष प्याकेज तथा मार्केटिङ रणनीति बनाउन थालेका हुन् ।

अध्यागमन विभागका अनुसार कोरोना भाइरसको प्रभावकै बीच भारत, चीन, थाइल्यान्ड र म्यान्माबाट आउने पर्यटकको संख्या धेरै छ । सन् २०२० मा अत्यन्त न्यून २ लाख ३० हजार पर्यटक मात्र नेपाल आएका छन् । सन् २०१९ मा नेपाल आउने पर्यटकको संख्या भने ११ लाख ९७ हजार थियो ।

होटेल व्यवसाय सञ्चालन गर्नैपर्ने भएकाले व्यवसायीहरू छुट्टै रणनीति बनाएर मार्केटिङ गर्ने तयारीमा रहेको होटेल एशोसिएशन नेपाल ९हान० का महासचिव साजन शाक्यले बताए ।

यूरोप तथा अमेरिकालगायत देशबाट अहिले पर्यटक आइहाल्ने अवस्था नभएपछि चीन, भारत, श्रीलंका, सिङ्गापुर, भियतनाम, थाइल्यान्डलगायत देशबाट पर्यटक ल्याउन आवश्यक तयारी गरिएको शाक्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग