बागलुङ । चिसो बढ्दै जाँदा बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राती बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभुत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिए।
‘पानी जमेर धाराबाट आउँदैन’ उनले भने‘तातो पानी खनाए पछि मात्रा पानी बनेर बग्ने हो ।’ खोलामा जमे पछि ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारी, नेपाली सेना स्थानीयवासी जमेको खोलामा फोटो लिन पुग्ने गरेका छन् । बागलुङ र म्याग्दीको सिमा क्षेत्रमा बग्ने गुरघार खोला विहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech