सप्तरी । नेपाल थारु संघका उदयपुर जिल्ला सभापति डा. भोगेन्द्र प्रसाद चौधरीले सबैले राजनीतिमा चासो राख्नुपर्ने बताएका छन् ।

माघी पर्वको शुभ अवसरमा उदयपुर जिल्लाको बेलका नगरपालिका-१ भालमन्ती स्थित भवरी देवी मन्दिरमा आज आयोजना गरिएको ७ औँ माघी मेला उत्सवको कार्यक्रममा बोल्दै डा. चौधरीले सबैले राजनितीमा चासो राख्नुपर्ने बताएका हुन् ।

Your Ad Code Here

अपार शक्तिशाली भवरी देवी माताको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा राजनितीमा चासो नराख्दा थारु जातीले दुखः पाएको बताउँदै उनले पार्टी जुनसुकै भएपनि राजनितीसँग सरोकार राख्नु जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै चौधरीले भवरी देवी माताको मन्दिर पुनः निर्माण देखि लिएर त्यहाँको बिकासका लागि अवश्यक हरेक बिकासका कार्यमा आफुले सहयोग गर्ने बताएका छन् । साथै सम्पूर्ण नेपालीहरुलार्इ माघी पर्वको शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग