वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा आज स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहलाई सडकबाट फर्केर आउन आग्रह गरेकी हुन् ।

Your Ad Code Here

“पार्टीले कारवाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस्”, मन्त्री अर्यालले भनिन्, “कमरेड प्रचण्ड, पार्टी एक भएमात्रै प्रधानमन्त्री बन्ने सम्भावना रहला, अर्को पार्टी बनाएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ।” पद र कुर्सीको लोभकै कारण प्रचण्डले पार्टीलाई क्षत्विक्षत र तहस नहस बनाएको मन्त्री अर्यालको आरोप थियो ।

“पार्टी एकताको बाँकी रहेको काम सकौँ र आगामी महाधिवेशनबाट नेतृत्व सुम्पने कुरा भएकै थियो”, उनले भनिन् । नेकपाका अध्यक्ष र महासचिव जुन समूहमा हुनुहुन्छ त्यही नै पार्टी आधिकारिक रहेको र उसैले नै सूर्य चिन्ह प्राप्त गर्ने दाबी मन्त्री अर्यालको थियो ।

“पार्टीको नेतृत्व तहमा देखिएको विवाद तल्लो तहका कार्यकर्तामा देखिनुपर्ने छैन”, उनले भनिन्, “जिल्ला तथा स्थानीय तहमा केही नबुझेर कतै गएको होला उनीहरुलाई सम्मानसहित फेरी सम्झाइबुझाइ गरेर, यही पार्टीमा फर्काउनुपर्छ, यही पार्टी मूल पार्टी हो, यसैमा सबैको हित छ ।” रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग