काठमाडौं । माघ १ गते देशभर सार्वजनिक विदा हुने भएको छ ।

नेपाल सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।

Your Ad Code Here

राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले माघीमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको जानकारी दिए । यो पर्वलाई उत्सवको रुपमा मनाउन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

साथै उनले यस पर्वलाई उत्सवको रुपमा मनाउन आग्रह समेत गरेका छन् । उनले ‘माघीलाई एउटा समूहको पर्व भनेर होइन, एउटा उत्सवको रुपमा मनाउन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’ भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग