चितवन । पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले धारण राखेका छन् ।
आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए । साथै प्रतिनिधिसभा भङ्ग भएका विषयमा पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तितर्फ केन्द्रित हुँदै संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन भनेर प्रश्नसमेत गरेका छन् ।
पूर्वसांसद खतिवडाले “सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?” भनेर प्रश्न गरेका छन् । यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए ।
फरक प्रसङ्गमा युवा नेता खतिवडाले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै भने, “एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले कांग्रेस सरकारमा जानु हुँदैन ।” कांग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर । अहिलेको अवस्थामा होइन ।”
Copyright © 2026, All Rights Reserved | Developed By ProTech