काठमाडौँ । उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करीब ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको हो ।

Your Ad Code Here

करीब ८० स्थानमा उच्चमात्रामा प्रकाश दिनसक्ने बत्ती जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्तिसुरक्षा, सामाजिक सुरक्षालगायत सेवासुविधालाई चुस्तदुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्यमुख्य सडकमा करीब एक हजार ७५० वटा आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको छ ।

महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । औपचारिकरुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग