सप्तरी । प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध साथै देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Your Ad Code Here

यस्तो छ आगामी तीन सम्मको मौसम पूर्वानुमान

पौष २६ गते (आइतबार)
दिउँसोः
प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १ मा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २७ गते (सोमबार)
दिउँसोः
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २८ गते (मंगलबार)
दिउँसोः
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग